आज मौसम सामान्यतया सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज प्रदेश नं १ को भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनुका साथै प्रदेश नं १ को पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, बिहीबार प्रदेश नं १ को भू–भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार पनि देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
