विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा ९५ जना प्रवेश

तु खबर संवाददाता
२०७८ मंसिर ११,शनिबार १७:१९

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ६ नम्वर वडाको सम्मेलनमा एमालेसहित विभिन्न पार्टी परित्याग गरी सात दर्जन बढी माओवादीमा प्रवेश गरेका छन् । कार्यक्रममा नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी कमल सापकोटा, सुमित्रा मिजार, जीवन स्याङ्तान, लालबहादुर मगर, प्रकृति मानन्धर, सिताराम राई लगायत ९५ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई माओवादी नेता एवम् संविधानसभा सदस्य प्रल्हाद लामिछानेले पार्टीमा स्वागत गरेका हुन् ।

शनिबार भएको वडा सम्मेलनले दिपक सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अनुराधा कोईराला, सचिवमा शोभा घिमिरे, कोषाध्यक्षमा निलाम्बर सापकोटा, सहसचिवमा सुमन लामालगायत रहेको नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन (पृथक) ले जानकारी दिए ।

त्यस्तै, माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ८ को शनिबारै भएको वडा सम्मेलनले नारायण श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गोपिनी खतिवडा, सचिवमा सुजन कार्की, कोषाध्यक्षमा शम्भु घिमिरे, सहसचिवमा सम्झना खड्का लगायत रहेका छन् ।