यस्तो रहने छ आजको मौसम पूर्वानुमान

तु खबर संवाददाता
२०७८ मंसिर ८,बुधबार ०९:४६
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक÷दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।