२४ घण्टामा थपिए ५५७ जना संक्रमित, भए ८७७ संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ कार्तिक ७, आईतवार १७:०२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ७ हजार ६२५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, ६हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५२२ र १ हजार ५६४ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८७७ जना संक्रमणमुक्त भएका छन् भने ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २२० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।