हेर्नुहोस् केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ

तु खबर संवाददाता
२०७८ आश्विन १५, शुक्रबार १७:०८
file-photo

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहितको राजनीतिक प्रतिवेदन तयार पारेका छन् । ४४ पृष्ठमा समेटिएको ओलीको प्रतिवेदन शुक्रबार सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत गरिएको थियो । देशभित्र राजनीतिक अवस्था, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय परिस्थिति पार्टीको भावी कार्यदिशा लगायत समेटिएको प्रतिवेदन एमाले अध्यक्ष ओलीले बाचन गरेका थिए । महाधिवेशन हलमा ओली आफैँले पढेको उक्त प्रतिवेदन रुघाखोकीले सताएपछि उनले पुरा गर्न सकेनन् नेता शंकर पोखरेललाई पढ्न लगाएका थिए ।

यसअघि ओलीले महाधिवेशनमा पेश गर्न केन्द्रीय कमिटी र स्थायी कमिटीमा तयार पारेको प्रतिवेदन ६९ पृष्ठ लामो थियो । तर महाधिवेशनमा पेश गरेको प्रतिवेदन भने घटाएर ४४ पृष्ठमा सिमित छ । उनले प्रतिवेदन बाचन गर्नुपूर्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल षडयन्त्रकारी भएको आरोपसमेत लगाएका थिए । उनले एमाले विभाजनको मुख्य जड माधव नेपाल भएको बताएका थिए ।

राजनीतिक प्रतिवेदनको पूर्णपाठ

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab