साधुमाथि खुकुरी प्रहार गरेको आरोप १२ जना पक्राउ
काठमाडौं । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । सोमबार विहान साढे ५ बजे खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खुकुरी प्रहारबाट सन्तोष बाबा घाइते भएका हुन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेका छन् ।
विहान शौचालय जाने क्रममा साधुलाई एक जनाले पेटमा खुकुरी हानेको प्रहरीले जनाएको छ । प्रहरीले सोही घटना संलग्न रहेको आशंकामा १२ जनालाई पक्राउ गरेको छ । उनीहरु घटनामा संलग्न भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।
