पछिल्लो २४ घण्टामा १६३० जना कोरोनामुक्त

तु खबर संवाददाता
२०७८ आश्विन ६,बुधबार १७:१९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ९ सय ३० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ८ सय २८ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ५९ जना कोरोना संक्रमितको निधन भएको छ भने ७ लाख ५५ हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् । आज देशभर एक हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको निधन भएको छ । हाल देशभर २१ हजार १३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १९ हजार ८०५ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ३३४ संक्रमित छन् भने ३३४ जना आइसियुमा र १०७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २४३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख ५६ हजार १८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

मकवानपुरमा थप १५ जनामा कोरोना पुष्टि, १४ संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३९१ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ११ जना, थाहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका एक/एक जना, बकैया गाउँपालिकाका २ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार १ सय ५५ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ७ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १० जना, मनहरी गाउँपालिकाका २ जना, मकवानपुरगढी र भीमफेदी गाउँपालिकाका एक/एक जना रहेका छन् ।

यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६४ जना पुगेको छ । मृत्यु हुनेमा हेटौंडाका १ सय १६ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको निधन भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा संक्रमण पुष्टि, १ हजार ८ सय ३० जना संक्रमणमुक्त र ५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।