४० किलो चाँदीसहित पक्राउ

तु खबर संवाददाता
२०७८ आश्विन ५,मंगलवार १६:२६

रौतहट । प्रहरीले रौतहटबाट ४० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–२ का ३५ वर्षीय बिध्यानन्द साह सोनार रहेका छन् ।

उनलाई मंगलबार बिहान साढे ७ बजेको समयमा गौर नगरपालिका वडा–४ गौर बसपार्कमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले पक्राउ हो । प्रहरीले उनको साथबाट ३९ लाख ४४ हजार मूल्‍य बराबरको ४० केजी चाँदी बरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठइएको प्रहरीले जनाएको छ ।

हस्तकलाका सामानभित्र चरेस ओसारपसार
काठमाडौं । हस्तकलाका सामानभित्र लागूऔषध चरेस राखेर ओसार पसार गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको व्यूरोका अधिकारीहरुले बताएका छन् । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।