आज १८ दशमलव ५४ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७८ भाद्र २९,मंगलवार १५:५३

मकवानपुर । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १८ दशमलव ५४ अंकले घटेको छ । आज १८ दशमलव ५४ अंकले घटेर २ हजार ९ सय २९ दशमलव २९ विन्दु कायम भएको नेपाल स्टक एक्सचेन्ज नेपालले जनाएको छ ।

नेप्सेमा सूचिकत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रुपैयाँको कारोबार भएको छ । सोमबारको तुलनामा मंगलबार करिब ४ अर्ब रुपैयाँले शेयर कारोबार रकम घटेको छ ।

एकैदिन २१ अर्ब रुपैयाँसम्मको शेयर कारोबार भएको बजारमा मंगलबार ५ अर्ब रुपैयाँमाथिको शेयर कारोबार भएको हो । यसअघि सोमबार अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँको शेयर कारोबार भएको थियो ।

यस्तै, साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको शेयर बजार सोमबार ३ अंकले मात्रै सुधार भएको थियो । मंगलबार भने शेयर बजार दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज नेपालले जनाएको छ ।

त्यस्तै, आज सोमबार हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण कायमै देखिएको छ । आज सर्वाधिक कारोबार कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको आज २७ करोड ३ लाख ७० हजार ५२४ रुपैयाँको कारोबार भएको हो ।

यसैगरी, आज मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको कारोबार अघिल्लो दिनको तुलनामा आज ९.९९ प्रतिशतले बृद्धि भएको छ ।