एमाले स्थायी कमिटी बैठक बस्दै

तु खबर संवाददाता
२०७८ भाद्र २६, शनिबार ०८:३३
file-photo

काठमाडौं । आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ ।

बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ९ बजे बस्ने भएको हो ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार, बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे छलफल हुनेछ ।

एमालेले आगामी असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्दैछ ।

एमालेले त्यसका लागि विधान संशोधनको मस्यौदा तल्लो कमिटीमा पठाएको थियो । तल्लो कमिटीले विधान संशोधनका सन्दर्भमा सुझाव पठाइसकेको उनको भनाइ छ ।

यस्तै आजको बैठकमा संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने उनको भनाइ छ ।