मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा अर्याल
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधव अर्याललाई नियुक्त गरिएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका अर्याललाई आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।
रसुवा जिल्ला निवासी अर्यालले प्रदेशको राज्यमन्त्री सरह सुविधा प्राप्त गर्नेछन् ।
यसैगरी बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र तीन जना सदस्यहरुको आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ ग्रहण गरिएको छ । प्रदेशका मुख्यमन्त्री तथा आयोगका अध्यक्ष अष्टलक्ष्मी शाक्यले आयोगका उपाध्यक्ष तथा सदस्यहरुलाई सपथ गराएकी हुन् ।
आयोगका उपाध्यक्षमा सिन्धुपाल्चोक मेलम्ची–६ बस्ने डाक्टर जगत बहादुर बस्नेत, सदस्यहरुमा रामेछाप भीरपानी–६ का ज्ञानु कुमार श्रेष्ठ, काठमाण्डौ–४ वालुवाटारका निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेललाई सपथ गराइएको हो ।
