मौलिक परम्परा झल्किने गरी तीज मनाउन मुख्यमन्त्री शाक्यको आग्रह

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गरेकी छिन् ।
उनले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्दै चाडपर्व मनाउन आग्रह गरेकी छिन् ।
विहिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाक्यले नेपालीहरुले मनाउने यस्ता चाडपर्वहरुले आम नागरिकलाई एकताको सुत्रमा बाँध्दै विविधतामा एकता कायम गर्ने उल्लेख गरिन् ।
भड्किलो तरिकाले चाडपर्व नमनाउन आग्रह गर्दै उनले मौलिक र सांस्कृति परम्परा झल्किने गरी तीजलगायतका पर्व मनाउनसमेत आह्वान गरेकी छिन् ।
चाडपर्वहरुले महिला हिंसालगायतका हिंसाजन्य घटनाहरुको अन्त्य गर्न सकोस भन्दै उनले कामना गरिन् ।