थप १५३४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र २०, आईतवार १७:३३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ७ हजार ९ सय ७१ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार १ सय ७० जनाको पीसीआर परीक्षण गर्दा ९ सय ७६ र २ हजार ८ सय १ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज देशभर १ हजार ५ सय ३४ जना संक्रमणमुक्त भएका छन् भने २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २९ हजार ८१ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा २ हजार १६७ संक्रमित छन् भने ५२३ जना आइसियुमा र १६२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर २६६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।