कोरोना अपडेट– थप २०५२ जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ९३५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ४८ र चार हजार ३ सय २३ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज देशभर ३ हजार ३० जना संक्रमणमुक्त भएका छन् भने २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
देशभर ३४ हजार १९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ८१२ होम आइसोलेसनमा रहेका छन्।
संस्थागत आइसोलेसनमा दुई हजार ३ सय ७७ संक्रमित छन् भने ५ सय ६३ जना आइसियुमा र १ सय ७० जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर ३ सय ११ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
