हेटौंडाका लामासहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार दुई जना पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा र विविध मुद्दामा फरार दुई जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुरको साबिक डाँडाखर्ब गाबिस वडा नम्वर ४ बस्ने चित्रबहादुर थिङ र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बस्ने काले भन्ने अभिषेक लामा (ध्यावा) रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
मकवानपुर जिल्ला अदालत हेटौंडाको फैसलाले लागूऔषध गाँजा मुद्दामा ९ महिना ४ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिङलाई प्रहरीले सोमबार हेटौंडा–१० बाट पक्राउ गरेको हो ।
यस्तै, मकवानपुर जिल्ला अदालत हेटौंडाको फैसलाले विविध मुद्धामा ६ महिना कैद र ५ हजार रुपैयाँ जरीवाना तोकिएका फरार प्रतिवादी लामालाई प्रहरीले मंगलबार हेटौंडा–९ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई कैद तथा जरीवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालतमा उपस्थित गराईएको मकवानपुर प्रहरीले जनाएको छ ।
