करेन्ट लागेर २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र १४, सोमबार १४:४९
file-photo

धादिङ । धादिङको गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

आज (सोमबार्र) अविरल वर्षाका कारण गएको पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्‍याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङल जनाएको छ ।

मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय बिमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल रहेका छन् ।

करेन्ट लागेर अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन् । उनलाई उपचारको लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ ।

गजुरी अस्पतालमा शव परीक्षणका लागि राखिएको छ ।