थप २०६५ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ११७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ७७ र ४ हजार ३ सय ६५ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ८८ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, आज देशभर २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएका छन् भने २५ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३४ हजार ६७६ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा २ हजार ९२३ संक्रमित छन् भने ६२२ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर ३६७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
