थप २५२५ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ९ सय ९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९ सय १ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ । तीमध्ये हालसम्म १० हजार ५ सय ६८ जनाको मृत्यु भएको छ भने ७ लाख २ हजार १ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।
देशभर पछिल्लो २४ घण्टामा २ हजार ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० जना रहेका छन् । जसमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १७० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै, १० वर्ष मुनिका ३६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।
