यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौं । आज साताको पहिलो दिन आईतबार २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६१ रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । उक्त कम्पनीको आज ३६ करोड ६ लाख ५३ हजार ७५१ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, सर्वाधिक कारोबार हुनेमा यूनाईटेड मोदी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, यूनिभर्सल पावर कम्पनी रहेको छ । आज यूनाईटेड मोदी हाइड्रोपावरको ३५ करोड, सिनर्जी पावर डेभलपमेन्टको ३२ करोड, ङादी ग्रुप पावरको ३० करोड र यूनिभर्सल पावरको २९ करोड भन्दा माथिको कारोबार भएको हो ।

