आज चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने

तु खबर संवाददाता
२०७८ श्रावण ७,बिहीबार १०:१८
file photo

काठमाडौं । चीनबाट आज कोरोना भाइरसविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ ।

बुधबार बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाज आज खोप लिएर फर्कन लागेको हो ।

आठ लाख डोज खोप लिएर वाइडबडी जहाज दिउँसो काठमाडौं अवतरण गर्ने नेपाल वायु सेवा निगमले जनाएको छ।

यसअघि असार २५ गते पनि नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएकोे थियो ।

खोप ल्याएर जहाज आज पुनः खोप ल्याउन जहाज बेइजिङ जाने कार्यतालिका रहेको जनाएको छ। यससँगै साउन ९ गते चौथो खेपका लागि एयरलाइन्सको जहाज चीन जानेछ।

चीनबाट अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।