आज ७ अर्ब ७९ करोड ७५ लाखको शेयर कारोबार, यी हुन सर्वाधिक कारोबार हुने कम्पनी

तु खबर संवाददाता
२०७८ श्रावण ५,मंगलवार १७:२८
file-photo

मकवानपुर । आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९.५ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण काबेली पावर रहेको छ । कम्पनीको आज ३८ करोड ७८ लाख २० हजार ९६८ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, सर्वाधिक कारोबार हुने कम्पनीहरुमा अरुण भ्यालि हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, एनआईसी एशिया बैंक र एग्रिकल्चर डेभलपमेन्ट बैंक रहेका छन् ।

अरुण भ्यालि हाइड्रोपावरको २६ करोड ९८ लाख, नेपाल इन्स्योरेन्सको २४ करोड १८ लाख, एनआईसी एशिया बैंकको २३ करोड ४९ लाख र एग्रिकल्चर डेभलपमेन्ट बैंकको २२ करोड ७४ लाख भन्दा माथिको कारोबार भएको हो ।