नेकपा एमाले स्थायी कमिटी बैठक सुरु, माधव पक्ष सहभागी भएन
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ ।
च्यासलस्थित तुलसीलाल स्मृति भवनमा ११ः४५ बजेबाट बैठक सुरु भएको हो ।
आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने बताइएको छ ।
विघटित कार्यदलका सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार बैठक रोक्न आग्रह गरेका थिए । तर ,अध्यक्ष ओलीले बैठक रोक्न नसकिने जवाफ दिएका थिए ।
आजको बैठकमा पनि नेपाल पक्ष सहभागी भएको छैन । यस्तै उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी भएका छैनन् ।
