शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा नियुक्त, सपथ सकियो

तु खबर संवाददाता
२०७८ असार २९, मंगलवार २०:३९

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाचौँ पटक प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन् । यस अघि ४ पटा प्रधानमन्त्री भएका देउवाले मंगलबार पुनः प्रधानमन्त्रीको सपथ ग्रहण गरेका हुन् ।

उनले शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । नियुक्तीको भाषा विवादका कारण सपथ कार्यक्रम साँझ ६ बजेको लागि तोकिएको भएपनि केही समय ढिलो भएको हो ।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेता र सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरु देखिएका छन् ।

सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । साथै, आजै ४ जना मन्त्रीहरुले पनि पद तथा गोपनियताको सपथ गरेका छन् । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ तथा पम्फा भुसाल उर्जामन्त्री नियुक्त भएका छन् । नेपाली काँग्रेसबाट गृहमा बालकृष्ण खाँड र कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीले सपथ लिएका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*