भाषा विवादका कारण अझै शुरु भएन सपथ कार्यक्रम
मकवानपुर । राष्ट्रपति कार्यालय पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा अझै सपथ लिएका छैनन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने अडान देउवाले लिएपछि सपथ केहीबेर ढिला हुने भएको हो ।
अहिले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवा छलफलमा जुटेका छन् ।
आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने देउवाको अडान छ ।
