राष्ट्रपतिले गल्ती सच्याएपछि देउवा सपथका लागि शीतलनिवासमा
मकवानपुर । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सपथका लागि शीतलनिवास पुगेका छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिबारे विवाद समाधान भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेको कांग्रेस स्रोतले बताएको छ ।
संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास पुगेका हुन् ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति देउवाले आपत्ति जनाएका थिए ।
राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतको परमादेशका आधारमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।
देउवाले संविधानको धारा ७६(५) अनुसार आफ्नो दावी भएको र सर्वोच्चले पनि सोही अनुसार गर्नु भनी फैसला गरेको भन्दै नियुक्ती नसच्चिएसम्म सपथ नलिने अडान लिएका थिए ।
