विपक्षी गठबन्धनद्वारा हेटौँडामा दिप प्रज्वलन
मकवानपुर । नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा (एमाले ) माधव नेपाल समूहसहितको गठबन्धनले आज हेटौँडामा सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको कदम खारेज गरेकोमा
उक्त गठबन्धनले हेटौँडाको बुद्धचोकमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल, वाईसियल, अखिल क्रान्तिकारीले अदालतको निर्णयको समर्थनमा बुद्धचोकमा प्रदर्शनसहित दिप प्रज्वलन गरेको हो ।
सो क्रममा उनीहरुले आज होइन भोलीलाई लैजाउ तिम्रो ओलीलाई, प्रतिगमन ढालियो, केपी ओली फालियो जस्ता नारा लगाएका थिए ।
प्रर्दशनमा नेपाली कांग्रेस, विद्यार्थी संघ, तरुण दल,वाईसियल, अखिल क्रान्तिकारी सहित दुबै दलका विभिन्न भातृ एवं शुभेच्छुक संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



