बागमती प्रदेशः कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेरमा

तु खबर संवाददाता
२०७८ असार २५, शुक्रबार १५:५६

मकवानपुर । बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक ४ बजे सुरु हँुदैछ ।

दिउँसो १ बजेका लागि तोकिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले प्राविधिक कारण देखाउँदै दिउँसो ४ बजेका लागि सारेका हुन् ।

भोलि शनिबार ३ बजे बस्ने प्रदेशसभाको बैठकको एजेण्डा तय गर्नका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

बैठकमा गत शनिबारबाट अवरुद्ध प्रदेशसभा सञ्चालन, बजेटको विनियोजन माथिको छलफल सञ्चालन लगायतका विषयमा निर्णय हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र विपक्षी दलहरुले विद्युतीय बस खरिद प्रकृया र सुरुङ मार्ग निर्माणको निर्णय फिर्ता गर्न माग गर्दै सदन अवरुद्ध पार्दै आएका छन् ।

ती मागहरु पुरा नभएसम्म विपक्षी दलहरुले संसद् चल्न नदिने बताउँदै आएका छन् भने सत्तापक्ष कुनै पनि अवस्थामा असार मसान्तभित्र प्रदेश सरकारको बजेट पास गर्ने दाउमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*