प्रदेश सरकारको दम्भले विपक्षी डग्दैन : युवराज दुलाल

तु खबर संवाददाता
२०७८ असार २५, शुक्रबार ०८:३३

मकवानपुर । बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले प्रदेश सरकारले दम्भ देखाएको आरोप लगाएका छन् ।

सरकारले दम्भको भरमा दलहरुसंग समन्वय नै नगरी प्रदेशसभा बैठक आह्वान गरेको बताए ।

सभामुख श्रेष्ठले विपक्षी दलहरुसंग कुनै छलफल र सहकार्य नै नगरी प्रदेशसभाको बैठक आह्वान गरेको भन्दै विपक्षी दलहरुलाई कमजोर नठान्न उनले चेतावनीसमेत दिए ।

प्रदेश सरकारले विगतमा जस्तै एकलौटी रुपमा पेल्ने काम गरिरहेको भन्दै प्रदेशसभा बैठकमा विपक्षी दलहरुले उठाएको विषयबाट कुनै पनि हालतमा ब्याक नहुने उनले बताए ।

प्रदेशसभाको बैठकमा सबै विपक्षी दलहरुले सामुहिक रुपमा साझा एजेण्डा उठाएकाले आगामी रणनीति के हुने भन्ने बारेमा सबै संग छलफल गरेर जाने उनको भनाई छ ।

उनले जनता र प्रदेशको पक्षमा रहेर आफुहरुले जायज माग उठाएको भन्दै ती विषय सम्बोधन नभएसम्म प्रदेशसभा चल्न नदिने सांसद् दुलालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*