बागमती सरकारको बजेट सुसंस्कृत भाषामा झिल्केमिल्केः सुवेदी
मकवानपुर । बागमती प्रदेशसभा सदस्य भावना सुवेदीले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सुसंस्कृत भाषामा झिल्केमिल्के भएको बताएकी छन् ।
सांसद सुवेदीले शुक्रबारको प्रदेशसभाको बैठकमा बजेट माथि छलफल गर्दै सरकारले ल्याएको बजेट जनताले बुझ्ने भाषामा नभएको बताउँदै सुसंस्कृत भाषामा झिल्केमिल्के र जनतालाई भ्रम पार्ने प्रकृतिको भएको बताएकी हुन् ।
सरकारले ल्याएको बजेट गरिब निमुखा जनताको पक्षमा नभएको तर नारा नै नाराले भरिएको प्रचारमुखी बजेट ल्याएको उनको भनाई छ ।
सरकारले नेताहरू मात्र हित हुने प्रकृतिको बजेट ल्याएको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने र जनताका पक्षमा योजनाहरू ल्याउनुपर्ने उनले बताइन् ।
उनले सुवेदीले बजेटमा सन्तुलन भएकाले यो बजेट स्वीकार्य नहुने भन्दै प्रदेश सरकारका मन्त्री र नेता निजी सम्पत्तिको रूपमा हेरेको ले यो मान्य नहुने बताइन् ।
