विपद्को समयमा जनतालाई झुट्टो आवश्वासन मात्रै दिएः सांसद पौड्याल

तु खबर संवाददाता
२०७८ असार १८, शुक्रबार १५:५०
file-photo

मकवानपुर । बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रदेश सरकारले विपद्को समयमा जनतालाई भुटो आश्वासन बाड्नका लागि मात्रै सो क्षेत्रको अनुगन जाने गरेको बताएका छन् ।

बागमती प्रदेशसभाको शुक्रबार बसेको बैठकमा विषेश समयमा बोल्दै सांसद् पौड्यालले प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार नभएको र जनतालाई विपद्को समयमा झुटो आश्वासन बाँड्नका लागि सो क्षेत्रमा अनुगमन जाने गरेको बताएका हुन् ।

उनले हरेक वर्ष सिन्धुपाल्चोकमा आइपर्ने विपद्को समयमा पनि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु सो क्षेत्रमा गएर आश्वासन बाँड्ने तर कार्यान्वयन तर्फ काम कुनै काम गर्न नसकेको बताए ।

सरकारले विगतमा पनि विपद्को बेलमा अनुगमनका लागि जाने र आश्वासन दिने बाहेकका कुनै काम गर्न नसकेको उनको भनाई छ । भुकम्प र बाढी पहिरोको चपेटामा परेको सिन्धुपाल्चोकमा विगतमा सरकारले गरेको घोषणा अनुसार एउटा शौचालयसमेत नबनेको उनले उल्लेख गरे ।

उनले यस समयमा प्रदेश सरकार जनता प्रति गम्भीर हुनुपर्ने अवस्था आएकाले उनले प्रदेशसभाबाटै ध्यानाकर्षण गराए ।

प्रदेश सरकारले उक्त क्षेत्रको भौगोलिक अवस्थाको जाँच गरेर बस्तीहरुलाई उचित व्यवस्थापनमा लाग्नुपर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*