बागमती प्रदेश सरकारले खुद्रा बजेट ल्यायोः सांसद् दाहाल

तु खबर संवाददाता
२०७८ असार १७, बिहीबार १७:२०

मकवानपुर । बागतमी प्रदेशसभा सदस्य लेखनाथ दाहालले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि खुद्रा बजेट ल्याएको बताएका छन् ।

बिहिबार बसेको प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बागमती प्रदेश सरकारको बजेट खुद्रा भएको बताएका हुन् ।

उनले प्रदेश सरकारले बजेट ल्याउँदा थोक र परिमाण मुखी बजेट ल्याउँनुपर्ने बताउँदै तीनै सरकारसंगको सहकार्यमा कोरोना विरुद्धको खोप खरिदका लागि केन्द्रीत भई आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

जनताका इच्छा आकांक्षा अनुसार बजेट नआएको भन्दै बजेटमा व्यापक संशोधन गर्न माग गरे ।

विगतका बजेटहरुको समिक्षा गर्न छोडेर सरकार मन्त्री र सत्तापक्षका सांसद्हरुको इच्छा अनुसार बजेट ल्याएका कारण जनअपेक्षा अनुसारको बजेट आउँन नसकेको उनले बताए ।

विपद् कोषमा प्रयाप्त बजेट नहुँदा हाल देखिएको संकटमा सरकार निरह बनेको भन्दै उनले सरकारको बजेट विपद् व्यवस्थापन तर्फ हुनु पर्ने उनको भनाई छ ।

खर्च गर्न नसक्ने योजनाहरुमा बढी बजेट विनियोजन र टुक्रे योजनाहरुमा सरकार केन्द्रीत रहेकाले हरेक वर्ष बजेट खर्च निराशाजनक हुने गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*