बकैया गाउँपालिकाको बजेट ६२ करोड ८३ लाख (हेर्नुहोस् पूणपाठ)

तु खबर संवाददाता
२०७८ असार १०,बिहीबार १७:२३

मकवानपुर । मकवानपुरको बकैया गाउपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि कुल ६२ करोड ८३ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिको बिहिबार बसेको गाउँसभामा उपाध्यक्ष सरला बोलखेले गाउँपालिकाको ७ औं गाउँसभामा आगामी आर्थिक वर्षको लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

बकैयालाई संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १२ करोड ६२ लाख रुपैयाँ, सशर्त अनुदान तर्फ २७ करोड ३८ लाख रुपैयाँ, राजश्व बाँडफाँड तर्फ ११ करोड ३० लाख १२ हजार रुपैयाँ गरी कुल ५१ करोड ३० लाख १२ हजार रुपैया प्राप्त भएको बजेटमा उल्लेख गरिएको छ ।

त्यस्तै बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १ करोड ६ लाख १० हजार रुपैयाँ, सशर्त अनुदान तर्फ १ करोड ६७ लाख ७९ हजार रुपैयाँ, राजश्व बाँडफाँड तर्फ ३ करोड ११ लाख ५३ हजार रुपैँया र समपूरक १ करोड ९७ लाख ६४ हजार रुपैयाँ गरी कुल ८ करोड ८३ लाख ६ हजार रुपैँया ९६ प्राप्त भएको प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि राजस्व आय प्रक्षेपण २ करोड ५० लाख ६० हजार रुपैयाँ, चालु आर्थिक वर्षको अनुमानित नगद मौज्दात २० लाख रुपैयाँ गरी आन्तरिक श्रोत २ करोड ७० लाख ६० हजार रुपैयाँ हुने जनएको छ ।

हेर्नुहोस् पूणपाठ

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*