नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मिति

तु खबर संवाददाता
२०७८ असार १०,बिहीबार ०९:५२

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने अन्तिम मिति आज रहेको छ । उक्त लिलामी शेयर आज बैंक अवधिभर खुला रहनेछ ।

लघुवित्तले ७८ हजार १५० कित्ता संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा ल्याएको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।

आवेदकले शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै हद लाग्ने छैन ।

लघुवित्तको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*