पुँजी बजारलाई अझ विस्तार गर्नेः अर्थमन्त्री

तु खबर संवाददाता
२०७८ जेष्ठ २५,मंगलवार १७:४४

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जुँजी बजारलाई अझ विस्तार गर्ने बताएका छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) को २९ औं वार्षिकोत्सवको अवसरमा सेबोनले वेबिनार मार्फत् गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

निषेधाज्ञाका कारण प्रत्यक्ष उपस्थित भई वार्षिकोत्सव कार्यक्रम आयोजना गर्न असमर्थ भएको कारण सेबोनले वेबिनार मार्फत् नै वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

सो क्रममा उनले सरकारप्रति लगानीकर्ताको विश्वासका कारण पुँजी बजारमा आकर्षण बढेको बताए ।

अर्थमन्त्री पौडेलले भने ‘यसलाई मैले सरकारप्रति लगानीकर्ताको विश्वासका रूपमा लिएको छु ।’ उनले भने, ‘लगानीका क्षेत्र अझै बिस्तार गर्दै लैजानुपर्ने छ,’ र ‘यसका लागि बजेटमा केही महत्वपूर्ण दृष्टिकोणहरु अगाडि सारेका छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*