कोरोना संक्रमणका कारण हेटौँडाका २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ बैशाख ३०, बिहीबार १४:५७

मकवानपुर । कोरोना भाइरसको संक्रमणका कारण हेटौँडाका थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा–७ को ८७ बर्षीय पुरुष र हेटौँडा–४ को ६० बर्षीय पुरुष रहेका छन् ।

हेटौँडा अस्पतालको आइसियु कक्षमा उपचाररत हेटौँडा–४ का ६० बर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको थियो । त्यस्तै हेटौँडा–७ का ८७ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
मृतकहरुमा उच्च रक्तचापको समस्या रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मृतकको शव व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ ।

यससँगै मकवानपुरका ५१ जनाको संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*