महेन्द्र राउत भोलि व्यवसायीमाझ प्रतिवद्धतासहित जाने

तु खबर संवाददाता
२०७८ बैशाख ३, शुक्रबार १९:१६

मकवानपुर । आसन्न मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार महेन्द्र राउतले भोलि शनिवार विहान बस्तुगत संघका पदाधिकारी र व्यवसायीहरुसँग भेट गरी आफ्ना चुनावी प्रतिवद्धता सार्वजनिक गर्ने बताएका छन् ।

व्यवसायिक हितको सन्दर्भमा तयार पारिएको २५ बुँदे प्रतिवद्धतापत्र भोलि विभिन्न बस्तुगत संघका पदाधिकारी र व्यवसायीमाझ सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको राउतले बताए ।
तु खबरसंग कुराकानी गर्दै राउतले आफुले व्यवसायीको घरदैलोमा नै पुगेर व्यवसायीहरुको सल्लाह, सुझाव संकलन गरिरहेको समेत बताए ।

अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा झिनो मतले पराजित भएको र यसपटक थप तयारीका साथ लागिरहेको बताउँदै उनले यसपटक विभिन्न राजनीतिक दल, सामाजिक तथा व्यवसायीक संघ संस्था सबैको सहयोगसमेत प्राप्त भएको बताए ।

आफ्नो उम्मेदवारीको विषयमा बजारमा विभिन्न भ्रम सृजना हुने खालमा हल्ला फिँजाइएको भन्दै उनले हल्लाको पछी नलाग्न व्यवसायीहरुलाई आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*