पूर्व महासचिव राउत व्यवसायीको घरदैलोमा

तु खबर संवाददाता
२०७७ चैत्र ४, बुधबार १७:२७

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दावी गरेका उद्योगी व्यवसायीका नेता महेन्द्र राउतले घरदैलोमा पुगी व्यवसायीको समस्या तथा राय/सुझाव संकलन गरिरहेका छन् ।

मउवा संघका पूर्व महासचिवसमेत रहेका राउतले आफ्ना समर्थकसहित बुधबारबाट व्यवसायीहरुको घरदैलोमा पुगेर उनीहरुको समस्या/गुनासो तथा राय/सुझाव संकलन गर्न थालेका हुन् ।

‘व्यवसायीको समस्या, गुनासो र राय सुझाव संकलन गरेर म केही दिनमा नै व्यवसायीको हकहित र प्रर्वद्धन हुनेगरी योजनासहितको घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छु । केही दिनमा नै आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा पनि गर्ने छु ।’ राउतले भने ।

प्राविधिक कारणले उम्मेदवारी घोषणा गर्न केही दिन ढिला भएको भएपनि आफु व्यवसायीको सुख दुःखमा व्यवसायीकै माझमा रहेको र अघिल्लो निर्वाचनको परिणाम आएपछि नै अहिलेको लागि तयारी थालिसकेकोले यसपटक व्यवसायीको साथ आफुलाई रहने उनले बताए ।

‘अघिल्लो पटक मलाई अत्याधिक मत दिएका व्यवसायीलाई सम्मान गर्न चाहान्छु । उहाँहरुको माया र सद्भाव यसपटक झनै प्रगााढ भएको मैले महशुस गरेको छु । सबैले साथ सहयोग र राय सुझाव प्रदान गरिरहनुभएको छ । म झनै उत्साहित भएर निर्वाचनमा होमिएको छु । आशा छ यसपटक सबैले साथ सहयोग गरेर व्यवसायिक हितको एजेण्डा कार्यान्वयनको चरणमा पुर्याउन मलाई विजयी गराउनुहुनेछ ।’ उनले भने ।

राउतले केही दिनमा नै आफ्नो चुनावी समूह पनि सार्वजनिक गर्ने बताएका छन् ।

यसअघिको मउवा संघको निर्वाचनमा झिनो मतले पराजित भएका राउत यसअघि पनि व्यवसायीको घरदैलोमा पुग्दै आएका छन् ।

मउवा संघको ५४ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यतालिका क्रमश चैत २१ गते र २३ गतेको लागि तय भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*