नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी

तु खबर संवाददाता
२०७७ चैत्र १५,आईतवार १६:२६

मकवानपुर । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि केन्द्रीय उम्मेदवारी मनोनयनको नामावली प्रकाशन भएको छ ।
शनिवार महासंघले केन्द्रीय उम्मेदवारी मनोनयन दर्ता गराएकाहरुको नामावली प्रकाशन गरेको हो ।

चैत २५ गते एकैदिन प्रत्येक्ष निर्वाचन प्रणालीमार्फत् केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन हुने जनाइएको छ ।

प्रदेश र जिल्लाको उम्मेदवारी मनोनयनका लागि भने क्रमश चैत १९ गते र चैत २२ गतेको लागि मिति तय गरिएको छ ।

शनिवार केन्द्रीय उम्मेदवारी मनोनयन गराएकाहरुलाई उम्मेदवारीउपर दावी विरोध प्रयोजनको लागि चैत १७ गते दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।

निर्वाचनका लागि महासंघको केन्द्रीय अध्यक्षमा ५ र बरिष्ठ उपाध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपाध्यक्ष (महिला) मा २ जना, उपाध्यक्ष (समावेशी) मा ५ जना, महासचिवमा ४ जना, सचिव ( खुल्ला) मा ६ जना, सचिव (महिला)मा २ जना, सचिव (आदिवासी जनजाती)मा ३ जना, सचिव (मधेशी)मा ४ जना, सचिव –दलित)मा ५ जना र सचिव (एशोसिएट)मा ६ जनाले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

सदस्य पदमा प्रदेश नम्वर १ बाट ६ जना, प्रदेश नम्वर २ बाट ७ जना, बागमती प्रदेश (उपत्यकाबाहेक) बाट ७ जना, गण्डकी प्रदेशबाट ७ जना, लुम्बीनी प्रदेशबाट १० जना, कर्णाली प्रदेशबाट ७ जना, सुदूरपश्चिम प्रदेशबाट ५ जना, उपत्यका प्रदेशबाट ८ जना, प्रतिष्ठान (प्रदेशबाट) ८ जना, संस्थागत प्रदेश एशोसिएटबाट ५ जना र खुल्ला सदस्यमा २७ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महिला सदस्य (मधेशीतर्फ) ३ जना, महिला सदस्य (आदिवासी जनजातीतर्फ) २ जना, महिला सदस्य (आर्य खसतर्फ) ६ जना, महिला सदस्य दलिततर्फ ३ जना, सदस्य (आदिवासी जनजातितर्फ) ६ जना, सदस्य (दलिततर्फ) ९ जना, सदस्य (मधेशीतर्फ) ७ जना, सदस्य (अपाङ्गतातर्फ) ४ जना, सदस्य –अल्पसंख्यकतर्फ २ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी लेखासमिति संयोजकका लागि ३ जना, लेखा समिति सदस्य खुल्लातर्फ ३ जना र लेखा समिति महिलातर्फ ३ जनाले उम्मेदवारी दिएका छन् ।

हेर्नुहोस्  केन्द्रीय उम्मेदवारी मनोनयनको नामावली

[pdf-embedder url=”https://www.tukhabar.com/wp-content/uploads/2021/03/notice_1616870267-Copy.pdf” title=”notice_1616870267 – Copy”]

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*