भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

तु खबर संवाददाता
२०७७ फाल्गुन १७, सोमबार ०८:४२

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री मोलीले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।

भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड(१९ बाट मुक्त बनाऔं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*