नेपालबाट तीन महिनाको अवधिमा ४० विदेशी नागरिक देश निकाला

तु खबर संवाददाता
२०७७ फाल्गुन १०,सोमबार १५:१८

काठमाडौं । पछिल्लो तीन महिनाको अवधिमा नेपालले ४० विदेशी नागरिकलाई निष्काशन गरेको छ ।

अध्यागमन विभागका अनुसार गत कात्तिकदेखि पुससम्म कुल ४० जना विदेशी नागरिकलाई नेपालले निष्काशन गरेको हो ।

तीमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । सो अवधिमा १९ जना चिनियाँ नागरिकलाई नेपालबाट निष्काशन गरिएको अध्यागमन विभागले जनाएको छ ।

विभागका अनुसार, यो अवधिमा अष्ट्रेलिया, यमन र पाकिस्तान, रोमानिया, मौरिसस, मलेसिया, भियतनाम, ब्राजिल, बंगलादेश, जोर्डन, कंगो र इस्टोनियाका नागरिक समेत नेपालबाट निष्कासन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*