देश सुरुङमार्गमा पस्यो – प्रधानमन्त्री ओली

तु खबर संवाददाता
२०७७ माघ २३, शुक्रबार १६:३०

काठमाडौँ । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुरुङमार्गमा पसेको बताएका छन् ।
आज राजधानी काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले आफुहरुले देशलाई सुरुङमार्गमा प्रवेश गराएको बताए । उनले अब नेपालको विकास सुरुङमार्गमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले थानकोटबाट नौबिसेसम्मको सुरुङमार्ग निर्माणको काम थालिएको भन्दै छिट्टै सकिने बताए ।

‘नेपाललाई सुरुङमार्गमा प्रवेश गराएका छौं, नेपालको विकास सुरुमार्गमा प्रवेश गरेको छ, थानकोटबाट नौबिसे सुरुङमार्ग खन्ने काम सुरु भएको छ, त्यो यहाँहरुले देख्नुभएको छ, काठमाडौंको नरायणहिटीमा आयेजित जनसभामा उनले भनेका छन् ।

उनले ३ वर्षमा करिब ६ हजार किलोमिटर सडक कालोपत्रे गरेको पनि बताए । प्रधानमन्त्री ओलीले २ लेन, ४ लेन र ६ लेनको बाटो बनाएको बताए ।

४/४ सय भन्दा बढी पुल र झोलुंगे पुल पनि बनाएको उनको भनाइ छ । ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैनन् भनेर सरकारले काम गरेको उनले भन्दै प्रधानमन्त्री ओलीले सडकमा सडक बालबालिका नरहेको दावी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*