चक्कु प्रहार गरी लुट

रासस
२०७७ पुष २३, बिहीबार १५:०२
file-photo

काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–९ दिपज्योतिबाट सुर्खेत गुरुवाकोट नगरपालिका–६ का दुई जनालाई चक्कु प्रहार गरी मोबाइल लुटपाट भएको छ ।

गएराति चार÷पाँच जनाको समूहमा आएका अज्ञात व्यक्तिले चक्कु प्रहार गरी मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ ।

फरार लुटेराको महानगरीय प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले खोजी गरिरहेको छ ।

चक्कु प्रहारबाट घाइते भएका दुवै जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*