रेडियो बुलेटिनद्वारा मेरी क्रिसमसको शुभकामना तथा अन्तरक्रिया
मकवानपुर । इसाइ धर्मावलम्बीहरुको पर्व मेरी क्रिसमसको उपलक्ष्यमा रेडियो बुलेटिन ८९.७ मेघाहर्जले “मेरी क्रिसमसको शुभकामना तथा अन्तरक्रिया” कार्यक्रमको आयोजना गरेको छ ।
रेडियोले विभिन्न चर्चका पाष्टर तथा इसाइ समाजका ब्यक्तिहरुको उपस्थितिमा रेडियो बुलेटिनको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल कोरिया इन्टरनेशनल वाइवल कलेजका प्रिन्सिपल डा. विपि खनालले समग्र परिस्थितीको बिश्लेषण गर्नुहुँदै इसाइ धर्मावलम्बीहरुलाई हेर्ने राज्यको नजर अझै पनि बिभेदपूर्ण रहनु खेदजनक भएको बताए ।
आफुहरु बिशुद्ध धार्मिक क्षेत्रमा मात्रै रहनु पर्छ भनेर बस्नाले अझैसम्म पीडित बन्नु परेकोले अब राजनीतिक पहुँच बिस्तार गर्न अग्रसर हुनुपर्ने बाध्यता शुरु भएको बताए ।
मकवानपुर इसाइ समाजका सचिव मिलन सेडाईले पैँतालिस हजारभन्दा धेरै जनसंख्या आफुहरुको भएर पनि मकवापुरमा अझै पनि समाधीस्थलहरुको निक्र्यौल हुन नसक्नु दुखद भएको बताए । चर्चहरुले बैधानिकता नपाएको बिषयमा आफुहरु लागीरहे पनि निकास निस्कन नसकेको उनको भनाई छ ।
यसैगरी कार्यक्रममा बोल्दै इसाइ समाज मकवानपुरका उपाध्यक्ष मिलन दंगालले राजनीतिमा पहुँच बनाउन नसक्ने हो भने आफुहरुको यो अबस्थामा सुधार आउन नसक्ने बताए । गुठि ऐन अन्र्तगत जादा पनि चर्चले बैधानिकता नपाउदा चर्चका सम्पतिहरुलाई ब्यबस्थीत गर्न समस्या भएको उनको भनाई छ ।
कार्यक्रमको सभाध्यक्षता गर्दै रेडियो बुलेटिनमा प्रबन्ध निर्देशक अनिल कुमार खातिले रेडियो सबै धर्म समुदायमा बिभेद हुनुहुन्न भनेर सबैलाई स्थान दिएको बताउँदै सबै धर्म, भाषा, संस्कृति बिचारलाई रेडियोले स्थान दिने बताए ।
कार्यक्रममा मकवानपुर इसाइ समाजका अध्यक्ष निम्टोल्मा आचार्य, सोलिड्यारिटि इन्टरनेशनल स्कुलमा संस्थापक रिषिराम आचार्य, मकवापुर इसाइ आवाजका अध्यक्ष रामकृष्ण पन्थ, इसाइ समाज मकवापुरका सहसचिव अभिषेक उप्रेति, इसाइ समाज मकवापुरका संस्थापक सचिव अर्जुन लामा, एजि चर्चका पाष्टर कैलास राई लामालयागतको सहभागिता रहेको थियो ।
