रेडियो बुलेटिनको आयोजनामा बृक्षारोपण

तु खबर संवाददाता
२०७८ आश्विन १८, सोमबार ०९:३१

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा संचालित रेडियो बुलेटिन ८९.७ मेघाहर्जले बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । आइतबार हेटौंडा–५ स्थित संयुक्त युवा क्लब र रेडियो बुलेटिनको संयुक्त आयोजनामा बृक्षारोपण गरेको हो । रेडियो बुलेटिनका अनुसार, हेटौंडा–५ क्याम्पाडाँडामा आँप, बाँस, तेजपात, अर्जुन, कटहर, लिचि, मसलालगायतका विभिन्न प्रजातिका १ हजार ५०० वटा बिरुवा रोपिएको हो ।

बृक्षरोपण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सार्वजनिक खाली जग्गामा वृक्षरोपण गर्दै सार्वजनिक जग्गा संरक्षण गर्न सक्नुपर्ने बताए । उनले जनहितका कार्य गर्नका लागि आफूहरु लागिपर्ने प्रतिबद्धता व्यक्ति गरे । यस्तै, प्रदेश प्रहरी कार्यालय हेटौंडाका डिआईजी प्रकाशजंग कार्कीले आफूहरुको ६६ औं स्थापनाको अवसरमा रेडियोसँग मिलेर यसरी बृक्षारोपण गर्न पाउनु सुखद संयोग रहेको बताउँदै आगामी दिनमा पनि नेपाल प्रहरी जनहितका काममा अझै सशक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, पूरानो गोरखगण सुपारेटारका उपसेनानी मनोज पन्त, डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख दीर्घनारायण कोइराला, डिभिजन वन कार्यालय मकवानपुरका बसन्तराज गौतम, नारायणी अंचल आयुर्वेद औषधालयका प्रमुख डा. सृष्टि श्रेष्ठ, बनस्पति अनुसन्धान केन्द्रका प्रमुख रघुरमण पराजुली, यातायात सेवा कार्यालय हेटौंडाका भक्त भण्डारी, उद्योग वाणीज्य मकवानपुरका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाललगायतको उपस्थिति रहेको थियो ।

रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिल कुमार खातीको अध्यक्षतामा आयोजित वृक्षरोण कार्यक्रमको स्वागत मन्तव्य हेटौंडा ५ को संयुक्त युवा क्लबका अध्यक्ष विशालराज महतले गरेका थिए । यसअघि पनि रेडियो बुलेटिनेले हेटौडा–११ सिमलटारमा ७ हजार बिरुवा रोपेको थियो । रेडियो बुलेटिनेले विभिन्न सार्वजनिक सरोकारका विषयमाथि बहस तथा अन्तरक्रियाहरु सञ्चालन गर्दै सर्वसाधरण जनताको प्रत्यक्ष चासो र महत्वका विषयहरुको उठान गर्दै आइरहेको रेडियोका समाचार प्रमुख मसान उपासकले बताए ।