सञ्चार संस्था बलियो हुने हो भने मर्ज गरौँ : बानियाँ

तु खबर संवाददाता
२०७७ मंसिर २६,शुक्रबार १६:५५
file-photo

मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले लोकतन्त्र बलियो बनाउने कार्यमा पत्रकारहरुको भूमिका सदैव महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औँ वार्षिक साधारणसभामा विशिष्ठ अतिथिको रुपमा सम्बोधन गर्दै नेता बानियाँले नेपाली काँग्रेस सरकारमा रहँदा वा नरहँदा दुबै अवस्थामा नेपाली प्रेस बलियो हुनुपर्ने धारणा राखे । प्रेसले भएका कमीकमजोरी औलाउने र जनताका निम्ति गरिएका राम्रा कामहरुको प्रचारप्रसार समेत गर्नुपर्ने बताए ।

अहिलेको सरकारले जनताका निम्ति गतिलो काम गर्न नसकेको उनको भनाइ थियो । जनताका लागि केही नगर्ने र प्रेसले गुनगान मात्रै गाइरहोस् भन्ने चाहना सरकार पक्षको भएको उनले बताए । प्रेस लोकतन्त्रको मेरुदंडको रुपमा रहेकोले लोकतन्त्र सबल र सक्षम बनाउने दायित्व पनि प्रेसकै हुने बानियाँको भनाइ छ ।

यस अघि महासंघले पत्रकार हकहीतका लागि बनाइएका बिभिन्न कोषहरुमा आफ्नो र पार्टीको तर्फबाट सहयोग भइरहेको स्मरण गर्दै नेता बानियाँले नेपाली प्रेस अझ बलियो हुने हो भने मर्जर प्रकृयामा जानुपर्ने सुझाव दिए । बैंकहरु मर्ज भइरहेका छन्, राजनीतिक दलहरु मर्ज भइरहेको छन्, यस्तो बेला सञ्चार सस्थाहरु पनि एकआपसमा मर्ज भएर बलियो हुनुपर्ने बानियाँले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*