मकवानपुरे चेलीलाई ब्ल्याकमेल गर्ने युवा विरुद्ध साइवर क्राइममा उजुरी

अनिल पराजुली/कतार
२०७७ श्रावण १२, सोमबार ०९:३५

ब्ल्याकमेल गर्ने युवा विरुद्ध कतारको साइवर क्राइममा उजुरी परेको छ । युवतीहरुलाई ब्ल्याकमेल गर्ने तथा अपशब्द प्रयोग गरि पैसा असुल्ने र शारिरीक सम्बन्धका लागि बाध्य पार्न खोजेको भन्दै एक युवा विरुद्ध साइवर क्राइममा उजुरी दिइएको हो ।

मकवानपुरको बकैया गाउँपालिकाकी उर्मिला थिङ्ग (नाम परिवर्तन) ले उदयपुर गाइघाटका चित्रबहादुर कामी (पुर्वेली कान्छो फेसबुक आइडी प्रयोग गर्दै आएको) विरुद्ध ब्ल्याकमेलको आरोपमा कतारको साइवर क्राइममा उजुरी दिएकी हुन् ।

थिङ्गलाई कामीले पटक–पटक फोन मार्फत अपशब्द प्रयोग गर्ने, धम्की दिने र संगै बस्नका लागि बाध्य पार्ने किसिमको भ्वाइस म्यासेज पठाउने गरेको भन्दै पीडित थिङले अन्र्तराष्ट्रिय समन्वय परिषद् संयोजक तथा मकवानपुर मिलन केन्द्र दोहा कतारका संरक्षक सरोज पुडासैनी समक्ष न्यायको अपिल गर्दै निवेदन दिएकी थिइन् ।

कतारको कानुन भन्दा माथी कोहि पनि नरहेको र पीडित मकवानपुरे चेलीले न्याय पाउने कुरामा बिश्वस्त रहेको पुडासैनीले बताए ।

कामीले सामाजिक संजाल फेसबुक र टिकटकमा थिङ्गको तस्विर राखेर आपत्तिजनक स्ट्याटस लेखेर चरित्रहत्या गर्न खोजेको पीडितले गुनासो गरेकी छिन् ।

कतारमा रहेको एक क्लिनिङ्ग कम्पनीमा थिङ्ग करिव दुई बर्ष अघि रोजगारीका लागि गएकी थिइन् । उनी तीन बच्चाकी आमा हुन् । कामीसँग सामान्य चिनजान पश्चात साथी भएकी थिइन् ।

कामीले उक्त क्लिनिङ्ग कम्पनीमा कार्यरत अन्य नेपाली महिलाहरुसँग पनि ब्याज दिन्छु भन्दै पैसा सापटी लिएर फिर्ता नगरेको र पैसा माग्दा थाहा नभएको जबाफ दिएको पीडितले गुनासो गरेकी छिन् ।

पीडित थिङ्गले आफुलाई परेको समस्याबारे नेपाली दूतावास दोहा कतार, राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली प्रतिनिधि प्रोफेसर रमजान बाबु अलि मिया, महिला समाज दोहा कतार र एनआरएन दोहा कतारका प्रतिनिधिहरुलाई जानकारी गराएकी छिन् ।

फोटो : अनिल पराजुलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*