भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको लागि बजेट विनियोजन गर्न स्वीकृत
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको लागि बजेट विनियोजन गर्न प्रदेश सरकारले स्वीकृत गरेको बताएका छन् ।
भौतिक मन्त्रालयले यही बैशाख २१ गते माग गरेबमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पोष्टबहादुर बोगटे भीमफेदी–कुलाखानी सुरुङमार्ग निर्माणको लागि बजेट स्वीकृत गरेको भएका हुन् ।
उनले भीमफेदी–कुलाखानी सुरुङमार्ग निर्माणको लागि बजेट स्वीकृत भएअनुसार आगामी आव २०८०/०८१ भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको र उक्त सुरुङ निर्माणको लागि अब छिट्टै अन्तराष्ट्रिय टेन्डरको आह्वान गरिने पनि जानकारी दिए ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलको एकल निर्णय अनुसार भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको लागि कुल १९ अर्ब ३२ करोड ५ लाख ७६ हजार रकम बजेट विनियोजित गरिएको आर्थिक मामिला मन्त्रालयको बजेट तथा कार्यक्रम शाखाका प्रशासकीय अधिकृत विपिन राईले बताए ।
उनका अनुसार, सुरुङमार्ग निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराउन र सर्वसाधारणको जग्गा खरिद गर्दा सम्बन्धित व्यक्ति मुआब्जाबाट बजेट छुट्टाएको छ ।
