पार्टी सभापति देउवाको कारण प्रजातन्त्र घायल भयो : पौडेल

तु खबर संवाददाता
२०७६ फाल्गुन १८, आईतवार १२:४३

मकवानपुर, १८ फागुन । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकार भ्रष्टाचारको दलदलमा फसेको बताउनुभएको छ ।

आज हेटौंडामा आयोजित प्रेस युनियनको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता पौडेलले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको र यसैमा फस्दै गएको बताउनुभएको हो ।

उहाँले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउमा ओली लागेको समेत बताउनुभयो । बागमति प्रदेशका काँग्रेस सभापतिहरुको भेला महाधिवेशन लक्षित नभएको स्पष्ट पार्दै बरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवा समेत ओली सरकारको बचाउमा लागेको आरोप लगाउनुभयो ।

बरिष्ठ नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग नीतिगत रुपमा असहमति रहेको बताउनु भयो । उहाँले जून प्रवृत्ति अंगाल्दै आउनु भएको छ त्यसमा हाम्रो गम्भीर असहमति छ ।

आफूलाई मन परेको व्यक्तिलाई पद र पैसा बाडेर तागत बृद्धि गरेर बर्चस्व कायम राख्न सभापति देउवा क्रियाशील भएको आरोप पौडेलले लगाउनुभयो । उहाँले देउवाको यस्तो कार्यले प्रजातन्त्र घायल भएको समेत दावी गर्नुभयो ।

यो पनि पढ्नुहोस्-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*