कांग्रेसका बरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला हेटौंडामा

तु खबर संवाददाता
२०७६ फाल्गुन १८, आईतवार १०:२६

मकवानपुर १८ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शंशाक कोइराला बागमती प्रदेशको राजधानी हेटौंडा आइपुग्नुभएको छ ।

नेपाली कांग्रेस मकवानपुरले दिएको जानकारी अनुसार उहाँहरुले मकवानपुरका सञ्चारकर्मीहरु संग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

समसामयिक राजनीतिक विषयमा उहाँहरुले आफ्नो धारणा राख्नुहुने जनाइएको छ । सञ्चारकर्मीहरुलाई पत्रकार भेटघाटमा उपस्थित भइदिन समेत कांग्रेस मकवानपुरले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*