पौडेल पक्षलाई देउवाको चेतावनी – ‘निहुँ खोज्न थाले छाड्दिनँ’

तु खबर संवाददाता
२०७६ पुष २६, शनिबार ०८:४८
file photo

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई एक बनाउन तयार रहेको तर अरूले निहुँ खोज्न थाले ‘नछाड्‌ने’ बताएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरलाई लक्षित गर्दै निहुँ खोज्दै गए महाधिवेशनसमेत तोकिएको समयमा नगर्ने चेतावनी दिएका छन् ।

पार्टीमा चर्केको विवाद निरूपणका लागि आग्रह गर्न प्रजातान्त्रिक विचार समाजका पदाधिकारी शुक्रबार देउवाकहाँ पुगेका थिए । त्यस क्रममा पौडेलले विधानविपरीत जिल्ला सभापतिहरूको भेला बोलाएको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए । ‘हारेको सभापति (पौडेल) ले बोलाएको भेला वैध छ ?’ उनले भने, ‘म एकोहोरो खालको मान्छे हो । यो नेचर कसैले भनेर परिवर्तन हुन्छ र ?’

सभापति देउवाले सबैलाई समेटेर लैजान खोज्दाखोज्दै काम गर्न नदिइएको गुनासोसमेत गरेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*